काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने भएका छन्।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com