काठमाडौँ । क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटनमा एक हिन्दू मन्दिरमा आक्रमण भएको छ। यो घटना आइतबार राति भएको थियो। जब केही व्यक्तिहरूले मन्दिर परिसरमा प्रवेश गरेर हिन्दू धर्मावलम्बीलाई कुटपिट गरिरहेको दृश्य कैद भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो आक्रमण भारतमा अलग राष्ट्रको माग गरिरहेका खालिस्तानी चरमपन्थीहरूले गरेको हुनसक्छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस घटनाको निन्दा गर्दै अराजकता समाप्त गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ब्रहम्पटनको हिन्दू सभा मन्दिरमा पूजा गर्नेहरूलाई लक्षित गर्दै गरिएको यो हिंसा पूर्ण रूपमा अस्वीकार्य छ। सबै क्यानडालीहरूले शान्तिपूर्वक आफ्नो धर्म अभ्यास गर्न पाउनु पर्नेछ। म यो अराजकता समाप्त गर्नेछु।”

भिडिओ:

 

प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com