काठमाडौं । अघिल्लो साता काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको अवसरमा एक युवकले ‘प्रधानमन्त्रीलाई मार्ने’ सम्बन्धी विवादास्पद भिडियो बनाएकोमा प्रहरी सक्रिय भएको छ। बंगलादेशसँगको पराजयका बाद, खेल सुरु हुनु अगाडि उक्त युवकले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको थियो, जसमा उनले “सबैले मिलेर आज बुढोलाई मारौँ, नत्र भोलि यो मौका नआउन सक्छ” भन्ने अभिव्यक्ति दिएका थिए।
भिडियोमा युवकले थप भनेका छन्, “तपाईंले खेल हेरेको होला, तर मैले अरू कुरा हेरिरहेको छु। आज मार्न सकिन्छ, चाहे तिमीलाई थाहा छ, बाहिर समूह बनाएर ती युवालाई मर्न सकिन्छ। आज मारेको मारेको, र यदि आज नगरे भने पछुताइन्छ।”
खेलको दौरान प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए, र खेलको समापनमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिएको थियो। यद्यपि, प्रहरीले त्यो नाराबाजीप्रति ध्यान नदिएर उक्त युवकको खोजी गरिरहेको छ। युवक जापानमा रहेकोले, उनको पक्राउका लागि नेपाल र जापानको प्रहरीले सहकार्य गर्दैछ।
प्रहरी स्रोतले भन्यो, “सोशल मिडिया मार्फत घृणा फैलाउने र हिंसा भडकाउने अभिव्यक्तिहरूको विरुद्ध कडा कदम चाल्ने तयारी गरिएको छ।”
प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलबार
प्रतिक्रिया