काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ६ सय रूपैयाँले घटेको हो । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलामा १५ हजार ९ सय रूपैयाँले घटेको थियो । सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २५ रूपैयाँले घटेर १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार
प्रतिक्रिया