काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहीबार अपराह्न काठमाडौं ल्याइने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतका अनुसार उनलाई साँझ ५ बजे बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइनेछ। लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा गत कात्तिक २ गते पक्राउ गरी कास्कीमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

advertisement

यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। उनलाई काठमाडौं ल्याएर अदालतमा बयान लिइने योजना रहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पनि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याउने तयारी गरिएको पुष्टि गरेको छ।

 

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com