काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज बाहिरिएको छ। लिग चरणमा तेस्रो हुँदै प्लेअफमा पुगेको चितवन इलिमिनेटरको खेलमा बुधबार कर्णाली याक्ससँग २१ रनले पराजित हुँदै बाहिरियो।

प्रतियोगितबाट बाहिरिएपछि उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजना भएको एनपिएलको प्रशंसा गरे।

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहिसकेका भारतका पटवालले पहिलो वर्षमा नै एनपिएलले ठूलो चर्चा कमाएको बताए।
‘यो सुरुवात मात्रै हो। पहिलो वर्षमै स्टार स्पोर्ट्स आएको छ। यति धेरै चर्चा पाएको छ। अति धेरै अपेक्षा गर्नु पनि ‘अति लोभी’ हुनुजस्तै हुन्छ। एक्सपोजर यसरी नै मिल्दै जाने हो भने केहीले पनि रोक्न सक्दैन,’ पटवालले भने।

उनले एनपिएल नेपाली क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भएको बताउँदै क्यान र सचिव पारस खड्कालाई धन्यवाद दिए।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com