कैलाली – कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ ।

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरूलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com