काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो
प्रकाशित मिति: २४ पुस २०८१, बुधबार
प्रतिक्रिया