• ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको पुस २७ गते शनिबारदेखि माघ ४ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको सुरुमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ । काम बिगार्नेको सक्रियता रहनेछ । बिहीबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व विघ्नहर्ता गणेशजीको पूजाअर्चना गर्नाले कार्यबाट सफलता प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : सानो प्रयासले ठुलो काम सम्पादन हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्यसम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : विनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्ला । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यो साता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । खेतीपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । कुनै शुभकर्म गर्नुपूर्व वा कार्य गर्नुअघि विष्णु भगवान्को स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो सातामा गरेको काममा उल्टो परिणाम आइपर्ला । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट राम्रो रहला । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको प्रारम्भमा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यापार–व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानी गर्दा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : साताको प्रारम्भमा राजनीतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुन सक्छ । यो धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : साता प्रारम्भमा नजिकको मित्रसँग भेटघाट हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समाजबाट सहयोग मिल्ने देखिन्छ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि पनि उत्तम समय रहेको छ । साताको उत्तराद्र्धमा प्रतिद्वन्द्वीले कार्यमा अवरोध ल्याउनेछ । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : साताको प्रारम्भमा शरीरमा आलस्य आउला र स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । लामो यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने । बुधबारदेखि प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको योजना र चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक यात्रा सफल हुनेछ । शुभकर्म गर्नुपूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  : यो सातामा दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धनलाभका योग पनि देखिन्छन् । प्रेमजीवन पनि सफल रहनेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउनुपर्नेछ । नयाँ जिम्मेवारी सहित स्थानान्तरणको योग रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  : यो साता रोकिएका काम पुनः सुचारु हुनेछन् । साथीभाइ र आफन्तबाट सहयोग प्राप्त हुनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको योजनाबाट सफलता मिल्नेछ । घरमा मांगलिक कार्यसम्पादन हुनेछन् । बुधबारबाट दैनिकी कार्यमा भने समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व देवी दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  : साताको प्रारम्भमा राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्थानान्तरणको योग गरेकाले नयाँ जिम्मेवारी प्राप्तिको योग रहेको छ । रमाइलो र छोटो यात्राको सम्भावनासमेत छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । यो साताका लागि शुभ गर्नुपूर्व श्रीकृष्ण भगवान्को स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

प्रकाशित मिति: २७ पुस २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com