नवलपरासी । शिक्षिकाको पिटाइबाट पश्चिम नवलपरासीमा एक ६ वर्षीय बालकको आँखा फुटेको छ। जिल्लाको प्रतापपुर गाउँपालिका– ३ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी शिक्षिका सञ्जु चौधरीको पिटाइबाट आँखा फुटेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले शिक्षिकाको पक्राउ पुर्जी आएको र उनी फरार रहेको बताए। शिक्षिकाको पिटाइबाट बालकको आँखामा गम्भीर चोट लागी आँखाको ज्योति नै गुमाएको पीडित बालकका आफन्तले जनाएका छन्।

advertisement

घटना मंसिर १८ को भए पनि अहिले मात्र बाहिर आएको हो। बालकका आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थीबिचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन्। त्यही क्रममा बालकको आँखामा चोट लागेको विद्यालयका प्रधानाध्यापक सुजितकुमार गुप्ताले बताए।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com