काठमाडौँ । अभिनेत्री तथा सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो ।
प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रकाशित मिति: २ माघ २०८१, बुधबार
प्रतिक्रिया