काठमाडाैं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप भएको हाे।
अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार तामाङले कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोपसमेत छ।
उक्त घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो।
प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार
प्रतिक्रिया