काठमाडौं -एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेट आगामी चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र त्यसको कार्यान्वयन हुन नसक्ने बताएका छन् ।आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि प्रतिनिधिसभाको बुधबार बसेको बैठककको सामान्य छलफल मा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । एक घण्टामा चितवन पुगिने र दुई घण्टामा चतराबाट सगरमाथाको चुचुरोमा पुगिने कार्यक्रम ल्याएको भन्दै उनले यस्तो राजमार्ग जहाँ कल्पना गर्नेवित्तिकै चन्द्रलोक र मंगलग्रहमा पनि जान सकिने राजमार्गको परिकल्पना गर्न सरकारलाई सुझाव दिए । साथ साथै यो सरकारको आयु ५ महिना २२ दिन रहेको भन्दै नेता ढकालले बजेट जनता देशको समस्या समाधान गर्नभन्दा पनि आगामी मंसिरमा गरिनुपर्ने चुनावमा जनता आकर्षित गर्ने खालको रहेको बताए ।
प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया