अछाम । अछामको ढकारी गाउँपालिकामा बाख्रा चराउन गएका दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा ढकारी गाउँपालिका-८, पल्साता गाउँका १४ वर्षीया ईश्वरी खड्का र १५ वर्षीया सरस्वती खड्का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, शुक्रबार बाख्रा चराउन गएका यी दुई बहिनीहरूको शव शनिबार अपराह्न भेटिएको हो। डीएसपी ईश्वरी प्रसाद भण्डारीले दुई किशोरीको शव करिब १५–१६ मिटरको दुरीमा फेला परेको जानकारी दिएका छन्।

advertisement

घटनालाई शंकास्पद मान्दै अनुसन्धान तीव्र बनाइएको छ। घटनास्थलमा प्रहरीको तालिमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए। शव फेला परेको स्थानको माथि ठुलो भीर भएको र त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक आशंका गरिएको छ। तर, घटनाको वास्तविकता अनुसन्धानपछि मात्र खुल्ने उनले जनाएका छन्।

‘दुवै किशोरीको शरीरमा चोटपटकका निसान देखिएका छन्,’ डीएसपी भण्डारीले भने।

मृतक किशोरीहरू कमलबजार विनायक नगरपालिका-१० स्थित विद्याज्योति माविमा कक्षा ८ मा अध्ययनरत थिए।

 

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com