काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछानेका लागि दिएको बैंक ग्यारेन्टीसँग असन्तुष्टि जनाउँदै छानविनको माग गरेका छन् ।
बस्नेतले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ? प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ ! यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ।’
अदालतमा धरौटीबापत बैंक ग्यारेन्टी दिनै नमिल्ने भने होइन तर, प्रभु बैंकले रवि लामिछानेका लागि दिएको पटक-पटकको बैंक ग्यारेन्टी भने शंकास्पद रहेको बस्नेत बताउँछन्।
प्रकाशित मिति: १४ माघ २०८१, सोमबार












प्रतिक्रिया