काठमाडौं । बिवादित ब्यापारी चन्द्र ढकालको निजि स्वामित्वमा रहेको पाथिभरा दर्शन केबलकार प्रा.लिले ब्यापारीक स्वार्थकालागी बलजफ्ती राज्य संयन्त्र समेतको प्रयोग गरेर केबलकार निर्माणको कार्य सुरुगरेपछि आन्दोलनरत मुक्कुम्लुङ ताङ्से:प चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तर्दलीय समितिले ६ बुँदे माग गरेका छन्।

शनिबार (आज) जारी गरिएको विज्ञप्तिमा ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारका विषयमा उठेका विभिन्न मुद्दाहरू सम्बोधन गर्नुपर्ने माग गरिएको छ।

advertisement

समितिले राखेका प्रमुख मागहरूमा केवलकार निर्माण कार्य रोक्नु पर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने, दोषीहरूलाई कडा कानुनी कारबाही गर्नुपर्ने लगायतका विषय समेटिएका छन्।

समितिले आफ्ना मागहरू पूरा नभए अनिश्चितकालीन आमहड्ताल र देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ, “यदि माग सम्बोधन गरिएन भने, अनिश्चितकालीन आमहड्ताल र देशभर सशक्त आन्दोलनको कार्यक्रम ल्याइनेछ।”

विज्ञप्तिमा थप भनिएको छ, “२०८१ माघ १२ गते बेलुकी ताप्लेजुङ फुङलिङ नगरपालिका–११ बलुडाँडामा मुक्कुम्लुङ संस्कृतिकर्मीहरूलाई सशस्त्र र जनपथ प्रहरीले गरेको बर्बर दमन र गोलीकाण्डको विरोधस्वरूप मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुम हुँदै ताप्लेजुङ छिर्ने नाकाहरू २०८१ माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गरिएको छ। आन्दोलन थप सशक्त बनाउन माघ २० र २१ गते अरुणपूर्वका नौ जिल्ला लिम्बूवान बन्दको घोषणा गरिएको छ।”

गत माघ १२ गते मुक्कुम्लुङ संरक्षणकर्ता यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वामाथि प्रहरीले गोली प्रहार गरेको थियो। उनीहरूको अहिले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com