काठमाडौं । राजनीतिक विश्लेषक अरुण सुवेदीले पाथीभरा (मक्कुम्लुङ) मा केवलकार निर्माणका लागि सरकारले दृढ निर्णय गर्दै ‘विकास संकटकाल’ घोषणा गर्नुपर्ने सुझाव दिएका छन्।

नेपालमा हाइड्रोपावर तथा केवलकारजस्ता ठूला पूर्वाधार परियोजनाहरू प्रायः स्थानीय स्तरमा केहि अवरोध आउने उल्लेख गर्दै उनले सरकारलाई यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए।

advertisement

सुवेदीले भने, ‘स्थानीय स्तरमा केही अवरोध आयो भन्दैमा विकास परियोजना रोक्नु हुँदैन। त्यसका लागि आवश्यक परे कानूनी व्यवस्था परिमार्जन गर्नुपर्छ, तर सरकार निष्क्रिय बस्न मिल्दैन। विकासका लागि ठोस निर्णय लिने समय आएको छ।’

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com