काठमाडौं – झापाको शिवसताक्षी नगरपालिकामा घटेको घटनालाई अतिरञ्जित रूपमा ‘अमला काण्ड’ का रूपमा प्रस्तुत गर्ने ३८ युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलका अनुसार पछिल्लो समय विभिन्न युट्युबरहरुले आफ्नो युटुव च्यानल र फेसबुक पेजहरूमा जथाभावी भिडिओ सम्प्रेषण गर्ने प्रवृत्ति बढ्दै गएको छ। पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु तथा पीडित परिवारका तस्बिर र भिडियो सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिने, तथा भ्यूअर बढाउने उद्देश्यले चरित्र हत्या गर्ने सामग्री प्रसारण गरिएको काउन्सिलले जनाएको छ।

advertisement

यस्ता गैरकानुनी रूपमा सञ्चालित युट्युब च्यानलविरुद्ध साइबर ब्युरोमार्फत कानुनी प्रक्रिया अघि बढाइएको जानकारी पनि काउन्सिलले दिएको छ।

यसै क्रममा, काउन्सिलले समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्रीहरू तत्काल हटाउन निर्देशन दिएको छ। साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न युटुवरहरुलाई चेतावनी दिएको छ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com