काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयको माथिल्लो तलामा शनिबार बिहान अचानक आगलागी भएको छ। हाल सुरक्षाकर्मीको टोलीको आगो नियन्त्रणमा लिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार बिहान करिब ८:४५ बजे आगलागी भएको थियो। ‘आगलागी नियन्त्रणमा लिन करिब १५ देखि २० मिनेट लाग्यो,’ उनले जानकारी दिए।

advertisement

आगलागीको कारणबारे प्रहरीद्वारा अनुसन्धान सुरु गरिएको छ। साथै, क्षतिको मूल्यांकन पनि भइरहेको एसपी बोहोराले बताएका छन्। प्रारम्भिक जानकारीअनुसार, आगलागी खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको हो।

यस घटनासँग सम्बन्धित थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com