काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययन बिना साइकल लेन बनाउन नसकिने बताए । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।                                                      काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययनको अनिवार्यता रहेको भन्दै मेयर साहले साइकल गुड्ने बाटोमा गाडी हिंड्दा मानिस दुर्घटनामा पर्ने सम्भावना भएको पनि बताए । बाहिरि अन्य देश हरुमा साइकल लेन छुट्टै र फुटपाथ जस्तै वार लगाएको हुनाले सुरक्षित महशुस हुने पनि उनले बताए।                                                           उनले गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुने भन्दै सुरक्षा पहिलो मुद्दा हुनुपर्ने बताए । हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्ने मा उनको जोड थियो ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com