बर्दघाट । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटका कारण एक व्यक्तिको ज्यान गएको छ।
बर्दघाट नगरपालिका–१३, जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बार मा दुई पक्षबीच विवाद चर्किएपछि हात हालाहाल भएको थियो। उक्त घटनामा गम्भीर घाइते भएका प्रतापुर गाउँपालिका–९, खैरेनी निवासी ४५ वर्षीय सन्तबहादुर चौधरी को उपचारका क्रममा माघ ३० गते साँझ ४:३० बजे बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएका छन्।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा डान्स बारका सञ्चालक राकेश हरिजन, प्रतापुर–१ निवासी अमित चौधरी र सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ।
हाल प्रहरी प्रशासनले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार













प्रतिक्रिया