काठमाडौँ —अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ ।

अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो । डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ ।

advertisement

विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गर । त्यसमध्येका पछिल्लोपटक सोमबार एक जना काठमाडौं आइपुगेका छन् । डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ । त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com