काठमाडौं – चर्चित गायक राजेशपायल राईले हाल नेपालका विभिन्न स्थानहरूमा भइरहेको घटनालाई “पाथीभरा माता (मुकुम्लुङ) कनेक्शन” को संकेतका रूपमा उल्लेख गरेका छन्।

हालै सिंहदरबारमा लागेको आगलागी, पोखरामा बेलुनमा आगलागी, हलेसीलगायत स्थानमा भएका आगलागी घटनाले जनमानसमा शंका उत्पन्न गरेको छ। तत्कालीन समयमा पाथिभरामा केवलकारको सुरुवात गर्न लागेका ‘पाथीभरादेवी दर्शन केबलकार प्रालि’ का अध्यक्ष लाक्पा सोनाम शेर्पाकादाई केबलकारको योजनाकार आङ्छिरिङ शेर्पाको पाथिभरामा हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी सहितको मृत्यु भयो। जुन उनिहरु सोही केबलकार निर्माणका लागि निरीक्षण गर्न पाथिभरा पुगेका थिए।

advertisement

यी घटनाहरू प्राकृतिक संयोग मात्र हुन् वा कुनै गहिरो संकेत, यस विषयमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ।

सो कुराको उल्लेख गर्दै गायक राई सामाजिक संजालमा लेख्छन, – ‘पाथीभरा माता (मुकुम्लुङ ) कनेक्सनको लक्षण देखिदैछ है ङाचाहरु । शिंहदरबार आगालगि, मेलम्ची पानी, बेलुनमा आगलागी पोखरा, हलेसी अ‍ागलागी । कृपया चन्द्र ढकालज्यु, तुइन भएका ठाममा पुल बनाएर पुन्य कमाउनुस प्रकृतिको लिला संग कोही पनि बाच्न सक्दैन चेतना भया ।

गायक राईले आफ्नो भनाइमा व्यवसायी चन्द्र ढकाललाई पाथिभरमा व्यावसायिक फाइदाका लागि नभएर सेवाभावले केबलकार बनाउन लागेको हो भने तुइन भएका स्थानमा पुल निर्माण गरी पुन्य कमाउन आग्रह गरेका छन्। उनले भने, “प्रकृतिको लीलासँग कोही पनि बच्न सक्दैन, चेतना भया।”

विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।

ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको भन्दै सरकारको निति नै आफ्नो निकट ब्यापारी पोस्ने र नागरिक ठोक्ने भएको स्थानीयको भनाई छ। मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत स्थानीय युवाहरूमाथी प्रहरीले गोली बर्साउँदा ३ जना गम्भीर घाइते समेत भए ।

केवलकार देखी होटल व्यवसायसम्म सन्चालन गरेर पाथिभरा पनि हडप्ने दाउमा रहेका ढकालको ब्यापारीक फाइदाको लागी स्थानिय धार्मिक सम्प्रदायको धार्मिक मूल्य-मान्यतामाथी समेत प्रहारगरि राज्यले सरकारी सम्पत्ति समेत ब्यक्तिलाई सुम्पिएर प्राकृतिक सम्पदाको दोहन गराउनु उचित नभएको जानकारहरु बताउँछन्।

चन्द्र ढकाल र सरकारबीचको सम्झौता रहस्यमै : यती समूहसँगको ‘डेट एक्स्पायर्ड’ सम्झौतामा के छ?

सन् २०१८ (वि.सं. २०७५) मा नेपालको प्रधानमन्त्री पदमा केपी शर्मा ओली थिए। त्यस समयमा ओली नेतृत्वको सरकारले व्यवसायी आङछिरिङ शेर्पाको ‘यती होल्डिङ्स’ लाई फाइदा पुग्ने गरी विभिन्न सम्झौताहरू गरेको पाइएको छ। सोही अवधिमा पर्यटन व्यवसायी आङछिरिङका दाजु लाक्पा सोनाम शेर्पा अध्यक्ष रहेको ‘पाथीभरादेवी दर्शन केबलकार प्रालि’ ले पाथीभरा–मुक्कुम्लुङ क्षेत्रको ४.७९ हेक्टर राष्ट्रिय वन ३० वर्षका लागि निशुल्क प्रयोग गर्न पाउने सम्झौता गर्‍यो।

सम्झौतामा २४ वटा बुँदा समावेश गरिएका थिए। बुँदा नम्बर १३ अनुसार, उक्त वन क्षेत्रको स्वामित्व वा प्रयोगाधिकार अन्य कसैलाई हस्तान्तरण गर्न नपाइने प्रावधान थियो। तर, हाल सो परियोजनामा सम्झौताका मूल हस्ताक्षरकर्ता सोनाम शेर्पाको सट्टा व्यवसायी चन्द्र ढकाल संलग्न भएका छन्।

त्यस्तै, सम्झौता अनुसार यदि कम्पनीको दर्ता खारेज भएमा वा लिक्विडेसनको स्थिति आएमा सम्झौता स्वतः रद्द हुने भनिएको छ (बुँदा नम्बर १०)। तर, हाल उक्त कम्पनी सोनाम शेर्पाको स्वामित्वमा नरहेको र उनले परियोजना अघि नबढाएको स्पष्ट छ। उक्त कम्पनी ब्यापारी चन्द्र ढकालले खरिद गरेका छन्। जुन सम्झौताका धेरै बुँँदाले सम्झौता खारेज भईसक्नु पर्ने देखिन्छ।

सबैभन्दा महत्त्वपूर्ण बुँदा १४ अनुसार, सम्झौतापछि २ वर्षभित्र केबलकार निर्माणको काम सुरु नभएमा परियोजनाको स्वीकृति स्वतः समाप्त हुने प्रावधान थियो। तर, आङछिरिङ शेर्पाले सम्झौता भएदेखि २ वर्षसम्म कुनै निर्माण कार्य सुरु गरेनन्। अहिले सम्झौता भएको ६ बर्ष बढी भईसकेको देखिन्छ।

सम्झौता भएको डेढ महिनापछि नै, सन् २०१९ (वि.सं. २०७५) को फागुनमा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा, नेपाल सरकारका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू, पाइलट र सुरक्षाकर्मी सवार एयर डाइनेस्टीको हेलिकोप्टर पाथीभरा क्षेत्रमै दुर्घटनाग्रस्त भयो। उक्त घटनाले परियोजनाको भविष्य अन्योलमा पर्यो।

भाइको असामयिक निधनपछि, सोनाम शेर्पाले यो परियोजना अघि बढाएनन्। सम्झौताको बुँदा नम्बर १० अनुसार, परियोजना अगाडि नबढाएमा सम्झौता स्वतः रद्द हुनुपर्ने थियो। तर, सरकारी दस्तावेज अनुसार उक्त क्षेत्र खाली गराइएको देखिँदैन। उल्टै पाथिभरादेवी दर्शन केवलकार प्रा.लि चन्द्र ढकालले खरिद गरेको देखिन्छ।

सरकारी स्रोतको हस्तान्तरण र अनुत्तरित प्रश्नहरू

सार्वजनिक सम्पत्ति (राष्ट्रिय वन क्षेत्र) प्रयोगको अनुमति कुनै व्यवसायीले पाउने र पछि त्यसलाई अर्को व्यवसायीलाई हस्तान्तरण गर्ने तथा खरिदविक्री गर्ने कानुनी आधार छ कि छैन भन्ने प्रश्न उठिरहेको छ। साथै, शेर्पाले सरकारबाट निशुल्क प्राप्त गरेको परियोजना चन्द्र ढकालले कति रकममा खरिद गरे भन्ने विषय अझै खुलासा भएको छैन।

वन विभागले पाथीभरामा निर्माण भइरहेको केबलकार परियोजना चन्द्र ढकालसँग कसरी सम्झौता गरियो भन्ने औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। तर, ग्लोबल नागरिक ले प्राप्त गरेको प्रमाण अनुसार, लाक्पा सोनाम शेर्पाको कम्पनी पाथिभरा केवलकार प्रा.लिले सरकारसँग गरेको २०७५ सालको सम्झौताको अवधि समाप्त भइसकेको छ। तर, सोही कम्पनी खरिद गरेका व्यापारी चन्द्र ढकालले अहिले पाथिभरामा केवलकार निर्माण गरि ब्यापारीक फाइदा उठाउन जोडबल गरिरहेका छन्।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com