काठमाडौं – निरन्तर विवादमा तानिंदै आएका विबादित व्यापारी चन्द्र ढकालले आफ्नो पक्षमा माहोल बनाउन ‘फेक फेसबुक अभियान’ सञ्चालन गरेको पाइएको छ।

‘ग्लोबल नागरिक’ मा प्रकाशित “आफू विरुद्ध समाचार लेख्ने मिडियालाई चन्द्र ढकालको अफरै-अफर” शिर्षकको समाचारमा आएका टिप्पणीहरू विश्लेषण गर्दा ढकालको बचाउमा नक्कली फेसबुक अकाउन्टहरू सक्रिय भएको देखिएको छ।

advertisement

विशेष गरी राई-लिम्बू थर उल्लेख गरिएका फेक अकाउन्टहरू मार्फत ढकाल समर्थित समूहले संगठित रूपमा ढकालको गलत कृयाकलापको आलोचना रोक्ने, मिडियामा प्रकाशित समाचारलाई गलत देखाउने र पाथिभरा (मुकुमलुङ) जनजाति समुदायको आस्थाको केन्द्र समेत रहेकाले जनजाती समुदायको समर्थन देखाउने प्रयास गरिरहेका छन्।

यस सन्दर्भमा आइटी विशेषज्ञ भन्छन् – ‘यी टिप्पणीहरूमा एउटै लेखनशैली, फेक अकाउन्ट, समान प्रकारका सन्देश, र समन्वित गतिविधि पाइएकाले यो साइबर रणनीति नियोजित र प्रायोजित रहेको पुष्टि हुन्छ।’

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com