काठमाडौं – पछिल्लो समय नेपाली राजनीतिकवृत्तमा अस्वभाविक परिवर्तन देखिएको छ। विशेषगरी राजावादी समूहको बढ्दो सक्रियता र अन्तिम राजा ज्ञानेन्द्र शाहको चहलपहलले नयाँ तरंग ल्याएको छ।

यही पृष्ठभूमिमा, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार शीतल निवासमा विशेष भेटवार्ता गरेका छन्। स्रोतका अनुसार, उक्त भेटमा हाल भइरहेका राजनीतिक तथा गैर-राजनीतिक गतिविधिहरूका बारेमा गम्भीर छलफल भएको छ।

advertisement

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीचको संवादलाई ‘ विशेष छलफल’ को रूपमा हेरिएको छ। भेटमा हाल स्वतन्त्र स्थानीय सरकार प्रमुखहरूको बढ्दो प्रभाव, राजावादी अभियानको विस्तार, पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका, राप्रपाको गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रमबारे गहिरो छलफल भएको बताइएको छ।

यता, माओवादी केन्द्रले आफ्नो ‘तराई-मधेस जागरण अभियान’ स्थगित गरी पार्टी पदाधिकारीहरूको बैठक बोलाइसकेको छ। गणतन्त्र समर्थक दलहरूबीच संयुक्त रणनीति तय गर्न उनीहरू छलफलको तयारीमा छन्।

राष्ट्रपति पौडेलले मुलुकमा देखिएको असामान्य राजनीतिक सक्रियतालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई सर्वदलीय बैठक बोलाउन सुझाव दिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com