काठमाडौं । फागुन २५ गते पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदै छन् ।

त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न राजावादी एकजुट भएर जाने तैयारी गरेका छन् । शाहले फागुन ७ मा दिएको सन्देशलाई लिएर हौसिएका राजावादी र वर्तमान देशको परिस्थितिले जे पनि हुन सक्ने सरकारको छटपटले देखिन्छ ।

advertisement

सरकार र माओवादी त यसको खुलेरै प्रतिवाद गरिरहेका छन् । माओवादीको `जनतासङ्ग माओवादी´ कार्यक्रम स्थगित र ओली- पौडेलको भेटघाटलाई कम आक्न सकिदैन ।

यसैबिच काङ्ग्रेस सभापती तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिष भनी चिनीएका सुरेश चन्द्र रिजालले समेत सरकारलाई संयम रहन भनेका छन् । यदि सरकार संयम नभए यो वर्षनै गणतन्त्रको अन्तिम वर्ष हुने उनको भनाइ छ । उनले सामाजिक संजालमा लेखेका छन् ` सरकारले संयमता अपनाउन नसेके २०८१ गणतन्त्रको अन्तिम बर्ष हुने संकेत देखिएको छ।´

नेपालका लागि ७ अंक नफाप्ने उनले भनेका छन् । ७ पटक देउवा प्रधानमन्त्री हुन्छन भनेर भविष्यवाणी गर्ने न्यौपानेले लेखेका छन् `नेपालकाे भाग्य विधाता नेपाली जनता नै हुन् ।नेपाली राजनीति इतिहासमा अंक ७ नफापेकै देखिन्छ । आइतबार राजा ज्ञानेन्द्र वीरविक्रम शाहकाे राजकिय सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागकाे कार्यक्रम तयारी भैरहेको छ। फागुन २५ गते आइतबार पनि (५+२=७) अंक ७ कै याेगफल जुरेकाे छ।´

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com