काठमाडौं । अधिवक्ता स्वागत नेपालले राजतन्त्रको पक्षमा २५ लाख जनता सडकमा ओर्लिएको दाबी गरेका छन्।

आइतबार अन्तिम राजाको स्वागत र रोड शोमा पुगेका उनले राजाको पक्षमा २५ लाख मानिसहरू सडकमा उत्रिएसँगै नेपालमा गणतन्त्र विधिवत रुपमा अन्त्य भएको बताएका हुन्।

advertisement

अन्तिम राजाको रोड शो लाइभ गर्दै हिँडेका उनले राजावादीहरू राजालाई लिएर आइतबार नै नारायणहिटी छिर्न सक्ने अवस्था भएपनि बंगलादेशको जस्तो अवस्था आफैं आवस् भन्ने हेतुले राजावादीहरूले हतार नगरेको दाबी गरे।

उनले भनेका छन्, ‘यो १० किलो मिटर पूरै सडकमा तिलको दानो राख्ने ठाउँ नहुने गरी राजाको स्वागतको लागि २५ लाखको संख्यामा जनताको उपस्थिति छ। राजाले ‘म यो दिन नारायणहिटी प्रवेश गर्ने हो, तपाईंहरू आउनुस्’ भन्ने हो भने एक जनापनि विदेशी दलाल नेपालमा रहने छैनन्।’

उनले राजाको स्वागतमा ओइरिएको जनलहरले विदेशी दलालको गणतन्त्र अन्त्य भएको संकेत गरेकको दाबी गर्दै भनेका छन्, ‘सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल अपदस्त गरोस्…’

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com