काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्दा जनताहरू राजावादी आन्दोलनमा सहभागी भएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताले राम्रो सेवा नपाउँदा असन्तुष्टि बढ्दै गएको र त्यसकै कारण राजावादी आन्दोलनमा उनीहरूको आकर्षण बढेको बताए। उनले सरकार र पार्टीभित्रै यस विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे।

advertisement

“सबै कुरामा हामी नै ठीक छौँ भनेर अघि बढ्न सकिँदैन। राजावादी आन्दोलनमा विभिन्न राजनीतिक समूहका व्यक्तिहरू सहभागी थिए— राजावादी, राप्रपा समर्थक तथा अन्य दलका कार्यकर्ताहरू पनि। तर उनीहरू त्यहाँ किन पुगे? सरकारका कमजोरीले असन्तुष्ट नागरिकहरू त्यतातिर धकेलिएका हुन्। हामीले यसबारे गम्भीर रूपमा सोच्नुपर्छ,” उनले भने।

सरकार र पार्टीभित्र छलफल आवश्यक

सांसद खतिवडाले सत्तारुढ दलभित्रै यस विषयमा गम्भीर आत्मसमीक्षा जरुरी रहेको बताए। “हामीले जनताका अपेक्षाअनुसार काम गर्न सकेनौँ भने असन्तुष्टि उत्पन्न हुन्छ। सरकार र पार्टीभित्रै छलफल गरी आवश्यक सुधारको प्रयास गर्नुपर्छ,” उनले जोड दिए।

 

प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com