काठमाडौँ । नेपाल बैंक लिमिटेडको साधारण सभा नजिकिएसँगै सञ्चालकमा उम्मेदवारी दिनेको चर्चा चल्न थालेको छ । सञ्चालक बन्ने दौडमा विवेक राणा, सञ्चय कोषको तर्फबाट ध्रुव भट्टराई, चुडामणि चापागाइ, बद्रि खनाल, लक्ष्मी भट्टराई र रमेश दुवाडी रहेका छन् । बैंकको सञ्चालक समितिमा सरकारको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट ३ जना संचालक समितिमा चुनिन्छन्।

सर्वसाधारणको तर्फबाट सदस्य बन्ने दौडमा रहेका राणा आइटी एक्सपर्ट, खनाल होटल व्यवसायी, चापागाइँ सानिमा लाइफको पूर्व नायव प्रमुख कार्यकारी, दुवाडी कृषी विकास बैंकको पुर्व अध्यक्ष हुन्।

Advertisement

सबैभन्दा रोचक त के छ भने कृषि विकास बैंकमा रहँदा कर्जा हिनामिना र शैक्षिक कागजात किर्ते गरि अध्यक्ष बनेका दुवाडी सञ्चालक बन्ने दौडमा देखिएका छन् । दुवाडी सञ्चालकको रेशमा देखिएपछि धेरैले बैंकको भविस्यमाथी आशंका व्यक्त गरेका छन्।

उनि यसअगाडि नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा कृषि विकास बैंक लि. मा सञ्चालक सदस्य भएका थिए । २०७९।०८।२९ देखी २०७९।११।०३ सम्म सञ्चालक समितिको अध्यक्ष पनि भएका थिए । शैक्षीक योग्यता नै नपुगि शैक्षीक कागजात किर्ते गरि अध्यक्ष भएको भन्दै चर्को आलोचना भएको थियो । अध्यक्ष रहेको बेला उनिमाथि कर्जा हिनामिना र शैक्षिक कागजात किर्ते गरेको आरोप लागेकाले उनले दुई महिनामै राजिनामा दिनु परेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा स्पष्ट रुपमा कुनै पनि बैकको सञ्चालक हुन ५ वर्ष नेपाल सरकारको अधिकृत स्तरमा काम गरेको वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधी हासिल गरेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

उक्त निर्देशिकामा बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, कम्पनी ऐन २०६३ र नेपाल राष्ट्र बैंक को निर्देशिकामा अध्यक्ष हुनको लागि आवश्यक शैक्षिक योग्यताको धज्जी उडाउदै शक्तिको आडमा दुवाडी अध्यक्ष बनेका थिए । उक्त समयमा विवादीत पृष्ठभूमिका दुवाडीको कनेक्सन सुन तस्करमा मुछिएको भीमकान्त भण्डारी समुहसँग पनि रहेको खुल्न आएको छ।

भण्डारी विआईडिएच ल्याबका मालीक हुन्। उनि ६० के.जी सुन तस्करी गरेको आरोपमा मुद्दा खेपिरहेका छन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनि विरुद्ध ६ करोड २४ लाख ६ रुपैंया भ्रष्टाचार गरेको भन्दै आयोगमा मुद्दा दर्ता गरेको छ । भण्डारी र दुवाडीको कनेक्सन बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका तिलकराज पाण्डेयसँग पनि रहेको बताइन्छ । पाण्डेलाई कार्यकारी अधिकृत बनाउनका लागि यहि समुह सक्रिय रहेको बैंक स्रोतको भनाई छ । यो समुहले पाण्डेलाई सिइओ बनाउनका लागि ठुलै रकम खर्च गरेको चर्चा समेत चलेको थियो।

भण्डारीको करोडौँको कर्जा फाइल स्विकृत गराउन पाण्डेयले पटक पटक सञ्चालक समितिमा पेश गरेको बैंकको उच्च श्रोत बताउँछ । विवादीत पृष्ठभूमिका दुवाडी, पाण्डे र भण्डारीको कनेक्सनले नेपाल बैंकमा ठुलै चलखेल हुन लागेको बैंक भित्रै चर्चाहुन थालेको छ ।

कर्जा स्विकृतिको लागि प्रमुख कार्यकारी अधिकृतलाइ दबाव दिइ स्विकृतिको लागि हालका सञ्चालक तथा निर्वतमान अध्यक्ष चन्द्र बहादुर अधिकारीलाइ समेत प्रयोग गरेको बैंक निकट स्रोतको भनाई छ । हाल अध्यक्ष अधिकारी कर्जा प्रवाहमा कमिसन लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका छन्।

आम सर्वसाधारणको ५१ प्रतिशत शेयर स्वामित्व रहेको संस्थामा विवादित व्यक्तिहरु निर्णायक तहमा पुग्नुले पनि बैंकप्रति जनविश्वास घट्ने देखिन्छ । विभिन्न काण्डमा मुछिएका व्यक्तिहरु व्यक्तिगत स्वार्थका लागि गिरोह नै बनाएर बैंक संचालक बन्न लाग्नुले संस्थाको गरिमा माथि आँच पुग्ने देखिन्छ।

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com