काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीखो चेतावनी दिएका छन्। उनले पूर्वराजालाई ‘भाइमारा’ अर्थात् वंश विनाश गर्ने र ‘मूर्तिचोर’को संज्ञा दिँदै अनावश्यक हाउगुजी देखाउन नचाहन आग्रह गरेका छन्।

शुक्रबार मेलम्ची नगरपालिकामा आयोजित माओवादी केन्द्रको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राजसंस्थाप्रति आक्रोश पोख्दै पूर्वराजा शाहलाई ‘धेरै चुरीफुरी नगर्न’ चेतावनी दिए।

Advertisement

उनले भने, “धेरै चुरीफुरी नगरे हुन्छ। मुर्खता पहिल्यै धेरै भइसकेको छ। अब पनि त्यस्तै गल्ती दोहोर्याए नेपाली जनता र राजनीतिक दलहरू चुप लागेर बस्ने छैनन्। दरबार हत्याकाण्डजस्तो भयावह घटना गराउनेहरू उनकै परिवारभित्र थिए। नेपाली जनताले सबै बुझेका छन्। त्यसको योजनाकार को थिए भन्ने पनि स्पष्ट छ।”

राजसंस्थाप्रति सहानुभूति राख्ने समूह फेरि सक्रिय हुन खोजेको चर्चा चलिरहेका बेला प्रचण्डले अहिलेको अवस्था त्यति खतरनाक नभएको तर केही दुस्साहस भने देखिएको बताए। राजावादीहरू सल्बलाउन थालेको सन्दर्भमा उनले सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com