काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैरीगाउँ क्षेत्रमा आज बिहान भएको सडक दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन्।
बिहान करिब ४:३० बजे रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा, मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक पनौती नगरपालिका-११ निवासी सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ निवासी रमेश तामाङ गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि तत्काल उद्धार गरी दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। तर, चिकित्सकहरूको प्रयासका बाबजुद उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
ठक्कर दिने टिपरका चालक घटनापछि फरार भएका छन् भने टिपरको मालिक प्रहरी सम्पर्कमा आएका छन्। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार
प्रतिक्रिया