काठमाडौं । राप्रपाका सांसद दिपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन राखेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सिंहले सरकारकै सांसदबाट यस्तो कुरा आएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

Advertisement

उनले देशका युवाहरू रोजगार तथा पढाइका लागि विदेशिएका बेला देशमा मात्र कलिला छोरीचेली र आमाहरू रहेको उल्लेख गर्दै यो देश प्रकृतिको सुन्दर देश भएको बताए।

उनले विश्वको जलस्रोतको धनी देश भएर पनि धेरै पैसा खर्च गर्ने पर्यटन भित्र्याउन यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु राम्रो नहुने जिकिर गरे। उनले दिनको लागि राजा फालिएको हो भन्दै प्रश्न समेत गरेका छन्।

उनले भने, ‘देशका युवाहरू विदेशिएका छन् अब मात्र कलिला छोरी चेली र आमाहरू मात्र छन्। यो देश प्रकृतिको सुन्दर दे हो। विश्वको जलस्रोतको धनी देश हो। यो देश माता सीता र बुद्ध जन्मिएको भूमि हो। यही दिनको लागि राजा फालिएको हो?’

प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसाय सञ्चालन गरे आर्थिक र पर्यटक पनि बढ्ने बताएका थिए।

यस्तै सांसद सिंहले मर्यादाहीन तरिकाले पेस भएको भन्दै रेकर्डबाट हटाएर सांसद पन्तलाई सचेत गराउन माग गरे।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com