मुग्लिन-नारायणगढ र मुग्लिन-नौबिसे सडक खण्डमा चल्ने गाडीको यात्रा लामो जामका कारण समस्या पैदा भएको छ । लामो जामका कारण यात्रु हरु मर्कामा परेका हुन् । बुधबार बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाए पछि जाममा परेका गाडी चल्न थालेपनि पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् । रातभरको जामका कारण यात्रुले कष्टकर यात्रा गर्नु पर्ने अवस्था छ । लामो जामका कारण यात्रुको बिचल्ली भएको छ भने विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको बताईएको छ। मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले दिएको जानकारी अनुसार सडक खुले पनि साँघुरो पुल र ठूूला गाडीका कारण चाप रहेको छ । उनका अनुसार सडक खुलेता पनि जाम भने हटिनसकेको र साँघुरा पुलहरुमा आलोपालो गरी गाडी पास भइरहेका छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार
प्रतिक्रिया