काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरू अनिवार्य रूपमा दर्ता गर्नुपर्ने निर्णय गर्दै, तोकिएको एक महिनाभित्र दर्ता नभएमा ती प्लेटफर्महरू बन्द गरिने चेतावनी दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै, फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालले कानुनी रूपमा नेपालमा सूचीकृत हुनुपर्ने र सो नगेरे सञ्चालनमा रोक लगाइने स्पष्ट पारेको छ।

advertisement

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम तोकिएको समयभित्र सूचीकृत हुन नसकेमा, ती प्लेटफर्महरूको सञ्चालनमा रोक लगाइनेछ।”

नेपालमा सामाजिक सञ्जालहरूको नियमन गर्न सरकारले यसअघि दुई पटक सूचना जारी गरिसकेको थियो। तर, आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका प्लेटफर्महरूलाई लक्षित गर्दै तेस्रो पटक कडा चेतावनी दिइएको हो।

सरकारले डिजिटल मिडिया तथा सामाजिक सञ्जालको दर्ता र नियमनलाई अनिवार्य बनाउने नीति लिएको भन्दै सम्बन्धित प्लेटफर्महरूलाई निर्धारित समयसीमाभित्र कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com