काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजाका रूपमा स्थापित हुन योग्य नरहेको दाबी गरेका छन्। उनले शाहको स्वभाव र राजनीतिक चरित्रले संवैधानिक राजाको भूमिकाका लागि उपयुक्त नभएको ठोकुवा गरे।

बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै देउवाले भने, “ज्ञानेन्द्र शाहलाई बोकेर हिँडेको राप्रपाले पछि पछुताउनुपर्छ। बरु उनीहरूलाई पार्टी सभापति नै बनाए हुन्छ। यदि पूर्वराजाले सक्रिय राजनीति नै गर्नुछ भने, खुला रूपमा आफ्नो पार्टी खोलेर अगाडि बढे हुन्थ्यो। तर, त्यस पार्टीमा लाग्नेहरूले पनि ठूलो संघर्ष गर्नु पर्नेछ।”

advertisement

देउवाले राप्रपाले पनि शाहको समर्थन गरेर भविष्यमा कठिनाइ भोग्ने चेतावनी दिए। उनले पुनः दोहोर्याउँदै भने, “ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न सक्ने व्यक्ति होइनन्। उनको स्वभाव नै यस्तो छ कि उनले संवैधानिक राजाको भूमिका निर्वाह गर्न सक्दैनन्।”

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com