काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईंले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन्।

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तिथी मिति तथा सार्वजनिक बिदाहरु समेटिएको अगामी वर्ष २०८२ को क्यालेण्डर समयमै प्रकाशित गरेको बताए । प्रकाशित २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने बताए।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई लगायत उच्च व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com