काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने सरकारको निर्णय अझै प्रमाणित हुन सकेको छैन।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरे पनि मुख्यसचिवले प्रमाणित नगरिसकेकाले घिसिङले औपचारिक बर्खास्ती पत्र प्राप्त गरेका छैनन्। त्यस्तै, नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पनि नियुक्तिपत्र पाउन सकेका छैनन्।

advertisement

बर्खास्ती पत्र प्राप्त नभए पनि घिसिङ मंगलबार कार्यालय उपस्थित भएनन्। विद्युत् प्राधिकरणका एक अधिकारीका अनुसार न त घिसिङले बर्खास्ती पत्र पाएका छन्, न त शाक्यले नियुक्तिपत्र, जसले गर्दा प्राधिकरणभित्र अन्योल सिर्जना भएको छ।

यता, सरकारको निर्णयको विरोधमा विभिन्न समूहहरूले सडकमा प्रदर्शन गरिरहेका छन्। कुलमान घिसिङ भने पत्र पाउनासाथ कानुनी लडाइँका लागि अदालत जाने तयारीमा छन्।

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com