काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा पुनः रिट निवेदन दर्ता गरेका छन्।

यसअघि, आफ्नो कार्यकाल समाप्त नहुँदै सरकारले उनलाई पदबाट हटाई कुलमान घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। त्यसविरुद्ध शाक्यले २०७८ भदौ १ गते सर्वोच्च अदालतमा रिट हालेका थिए। तर, चार वर्षसम्म पनि उक्त मुद्दामा सर्वोच्चले कुनै निर्णय गरेन।

advertisement

न्यायिक प्रक्रिया लामो समयसम्म अनिश्चित बन्ने स्थितिलाई इंगित गर्दै शाक्यले पुरानो मुद्दा छिट्टै टुंग्याइदिन सर्वोच्च समक्ष आग्रह गरेका छन्।

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com