काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न सुरक्षाकर्मीलाई बारम्बार आउनु नपर्ने बताएका छन्। उनले प्रहरी जहाँ बोलाउँछ, त्यहीँ आफैं उपस्थित हुन तयार रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले भनेका छन्, “मलाई पक्राउ गर्ने योजना बनाइएको सूचना प्राप्त भएको छ। तर, मलाई पक्राउ गर्न प्रहरीको घेराबन्दी आवश्यक छैन। जहाँ बोलाउँछौ, त्यहीँ आउँछु। अब म मात्रै व्यक्ति होइन, विचारको रूपमा अगाडि बढिरहेको अभियान हो। मेरो थुनाइले आन्दोलन रोकिँदैन।”

advertisement

उनले आजको आन्दोलनमा नेपाल सरकारले युवाको हत्या गरेको आरोप लगाएका छन्। सरकारको दमनकै कारण अप्रिय अवस्था सिर्जना भएको उनको दाबी छ।

प्रसाईंले लेखेका छन्, “हामी वैदिक विधिअनुसार पूजाआजा गरी आमाको आशिष लिएर शान्तिपूर्ण रूपमा कार्यक्रमस्थलतर्फ अघि बढिरहेका थियौं। तर, सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरिरहेको दृश्य देख्दा कुनै पनि नेपालीको रगत नउम्लिने कुरा हुँदैन। हामी तोडफोड, आगजनी वा प्रहरीमाथि आक्रमण गर्न गएका थिएनौं। हाम्रो उद्देश्य शान्तिपूर्ण सभा, आन्दोलन र घोषणासभामा सहभागिता जनाउनु मात्रै थियो। तर, सरकारले दमन गर्‍यो।”

उनको भनाइअनुसार आजको अप्रिय परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार आफैंले लिनुपर्छ। उनले दमनका कारण भएको क्षतिको क्षतिपूर्ति सरकारले नै व्यहोर्नुपर्ने चेतावनी पनि दिएका छन्।

 

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com