काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले दुर्गा प्रसाईं भागेर कहाँ बेपत्ता भए भन्दै प्रश्न गरेका छन्।

बैंकको ऋण लिएर नतिर्ने ठग, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी बनेका प्रसाईं निजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं क्रूर अपराधी पनि भएको नेता थापाले बताए।

advertisement

आइतबार सामाजिक सञ्जालमा लेख्दै थापाले प्रसाईं नहत्था र कर्तव्यपरायण पत्रकारलाई जिउँदै आगोमा पोलेर हत्या गर्ने आततायी हत्यारामा दर्ज भएको र आफूले आह्वान गरेको कथित आन्दोलनको जिम्मेवारी लिन नसकी भाग्ने कायर र लाचार भगौडाका रूपमा बदनाम बनेको बताएका छन्।

विदेशीको बुई चढेर व्यापारी ज्ञानेन्द्र शाह राजा हुने, दुर्व्यसनी पारस युवराज र पछि राजा हुने दिन देख्न नेपाली स्वाभिमान पर्खिरहेको ठान्ने दुष्ट र पटमुर्खहरूलाई सचेत नागरिक र देशभक्त नेपालीहरूले किमार्थ माफी नदिने उनको भनाइ छ।

केही व्यक्ति माफी दिन लायक पनि नभएको बताउँदै सांसद समेत रहेका थापाले गृहमन्त्रीबाट उनीहरूमाथि छिटोभन्दा छिटो कारबाही होस् भन्दै माग गरेका छन्।

थापाले लेखेको स्टाटस:

उन्मादी पाल्तु घोडा दुर्गा प्रसाईं भागेर कहाँ बेपत्ता भयो?सायद आफ्ना देशीविदेशी मालिक खोज्दै भौतारिरहेको होला।

ऊ जे थियो, त्यही ग-यो। बैकको ऋण लिएर नतिर्ने ठग थियोे, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी थियोे  र निजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं  क्रूर अपराधी भयो।

ऊ नहत्था र कर्तव्यपरायण पत्रकारलाई जिउँदै आगोमा पोलेर हत्या गर्ने आततायी हत्यारामा दर्ज भएको छ र आफुले आह्वान गरेको कथित आन्दोलनको जिम्मेवारी लिन नसकी सुइकुच्चा ठोक्ने/भाग्ने कायर र लाचार भगौडाका रूपमा बदनाम बन्यो।

खासमा ऊ जनताले जंगलबास धपाएर सुरक्षित राखेको निरंकुश तानाशाही प्रेतको भुत्ते खुकुरी बन्यो र खेर गयो। यसको आन्दोलनले इतिहासको चिहानमा पुगिसकेको भतुवा राजतन्त्र फर्किने, विदेशीको बुई चढेर व्यापारी ज्ञानेन्द्र शाह राजा हुने, दुर्व्यसनी पारस युवराज र पछि राजा हुने दिन देख्न नेपाली स्वाभिमान पर्खिरहेको ठान्ने दुष्ट र पटमुर्खहरूलाई सचेत नागरिक र देशभक्त नेपालीहरूले किमार्थ माफी दिने छैनन्। यी केही व्यक्ति माफी दिन लायक पनि छैनन्।

गृहमन्त्री लेखकको कार्यक्षमता छिटोभन्दा छिटो देखियोस्!

प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com