काठमाडौं । सरकारले राजावादी समूहद्वारा गरिएको अराजक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आम नागरिकलाई यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो अपिल गरेका हुन्।

मन्त्री गुरुङका अनुसार सरकारले गत शुक्रबार तीनकुनेमा राजावादी समूहद्वारा गरिएको हिंसात्मक प्रदर्शनको कडा शब्दमा निन्दा गरेको छ। साथै, सो घटनामा घाइते भएका व्यक्तिहरूको उचित उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक प्रबन्ध गर्न निर्देशन दिइएको छ।

सरकारले देशमा शान्ति सुव्यवस्था कायम राख्न तथा जनताको सुरक्षालाई सुनिश्चित गर्न कुनै पनि अराजक गतिविधिलाई प्रोत्साहन नगरिने स्पष्ट पारेको छ। नागरिकलाई अफवाह तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्दै सरकारले कानुनी व्यवस्था उल्लङ्घन गर्ने जो-कोहीलाई कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com