नुवाकोट । नुवाकोटमा एक जना मानिस विद्युतको पोलमा झुन्डिएका प्रहरी र स्थानीयलाई हैरान बनाएका छन्। मानसिक सन्तुलन ठिक नभएको भनिएका उनी हाइटेन्शन लाइनको पोलमा चटेर तारमा झुण्डिएका हुन्।
ककनी गाउँपालिका- ७ मा रहेको पोलमा चढेका उनी विद्युतीय तारमा हिँडिरहेकाे प्रहरीले जानकारी दिएकाे छ।
उनी बेलकोटगढी नगरपालिका– १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्।
प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार
प्रतिक्रिया