काठमाडौं — बानेश्वर क्याम्पसका हालै निर्वाचित स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सदस्य विवेक ठकुल्ला पहिलो बैठकमा सहभागी नहँदै वैदेशिक अध्ययनका लागि जापान प्रस्थान गरेका छन्।

चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) तर्फबाट उम्मेदवारी दिएका ठकुल्लाले १५९ मत ल्याएर स्ववियु सदस्य पदमा निर्वाचित भएका थिए। तर, निर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत नबस्दै आज शनिबार उनी जापानतर्फ गएका हुन्।

advertisement

उक्त क्याम्पसका एक स्ववियु सदस्यका अनुसार ठकुल्ला उच्च शिक्षा अध्ययनका लागि जापान गएका हुन्। निर्वाचनमा विजय हासिल गरेपनि उनले विद्यार्थी प्रतिनिधिको भूमिकामा सक्रिय हुनुअघि नै क्याम्पस छोड्नु परेको हो।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com