काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै देशको सेवा गर्ने इच्छा भएको खण्डमा आफ्नो सम्पूर्ण सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीमा बोल्दै सिटौलाले पूर्वराजा शाहप्रति लक्षित गर्दै भने, “यदि साँच्चिकै देश र जनताको सेवा गर्ने भावना छ भने, बाँकी सम्पत्ति जनतालाई सुम्पनुस्।” उनले पूर्वराजालाई व्यवस्था परिवर्तनमा उक्साहट दिनुको साटो चुप लागेर बस्न सुझाव पनि दिए।

advertisement

सिटौलाले भने, “नेपालमा राजतन्त्र अब केवल एक दन्त्यकथा बनेको छ। रमाइलोका लागि मात्र कुरा गरिने विषय हो, व्यवहारिक राजनीति होइन। यदि शासन गर्ने मन छ भने, दल बनाएर निर्वाचनमा आउनुस्। भारतका धेरैजसो राजाहरू पनि अहिले दलमा लागेर राजनीतिको मूलधारमा आउन सकेका छन्।”

उनले पूर्वराजालाई प्रश्न गर्दै थपे, “के तपाईंमा बाँकी रहेको सम्पत्ति जनतामाझ सुम्पने आँट छ? म त्यो सोध्न चाहन्छु। म त त्यो क्याबिनेटको अध्यक्ष थिएँ जसले शाहवंशको सम्पत्ति राष्ट्रियकरण गर्‍यो। आज पनि ज्ञानेन्द्र शाह व्यवसायी र उद्योगपति रूपमा सक्रिय हुनुहुन्छ। अब यदि उहाँमा साँच्चै नै जनताको हित चाहने भावना बाँकी छ भने, सम्पूर्ण सम्पत्ति जनतामाझ अर्पण गर्न सक्नुपर्छ।”

 

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com