काठमाडौँ । प्रमुख सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले हिरासतमा लिएको हो । पन्तले थापालाई मध्यराति धम्कीपूर्ण ह्वाट्एप म्यासेज पठाएका थिए।

advertisement

थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान थालेकोमा प्रहरीलाई धन्यवाद दिएका छन्। थापाले पन्तको परिचय खुल्ने कागजात सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन् – ‘मलाई मध्यराति (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ ? हेर्नुहोला ।’

 

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com