काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसको कार्यक्रममा राष्ट्रिय झन्डा पनि चार तारे झन्डा जत्तिकै बोकेर हिँड्नुपर्ने तर्क अघि सारेका छन्। शनिवार धनकुटामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन्।

‘अहिले हुँदा हुँदा पुरानो सुतिसकेको मान्छे आएर राष्ट्रिय झन्डा बोकेर आएको छ,’ गगनले भने,‘मैले त भन्दिया छु, पार्टीको कार्यक्रममा जति कांग्रेसको झन्डा छ त्यति नै राष्ट्रिय झन्डा बोकेर हिँड्नुपर्छ अब।’ राष्ट्रिय झन्डा पनि कांग्रेसकै कारण जीवित रहेको गगनले दाबी गरे । ‘झन्डा हाम्रो हो त्यो। अहिले आएर राष्ट्रवादी भन्या छ, मण्डले आएर हाम्रो हो भनेर बोकेर हिँड्या छ। हामीले बनाएको हो नि। कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो,’ गगनले भने।

advertisement

पञ्चायतविरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले चलाएको सशस्त्र क्रान्ति जित्ने अवस्था रहेका बेला भारत–चीन युद्ध सुरु भएपछि देशको खतरालाई हेरेर कांग्रेस ब्याक भएको पनि गगनले सम्झिए।

‘त्यति बेला बिपी कोइरालाले आफू जेल परेर भए पनि दूरदर्शिता नदेखाएको भए देश नरहन पनि सक्थ्यो,’ गगनले भने।

अहिले कांग्रेसविरुद्ध पनि ठुलो आक्रमण भइरहेको गगनले टिप्पणी गरे । उनले भने, ‘बाहिर बसेको मान्छेहरू आएका छन्, हामीलाई हिजोको मण्डलेलाई गरेकोजस्तो व्यवहार गरेका छन्। एउटा आएको छ ठोक्दिएको छ। यसमा सबैले ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com