काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभएको बताएका छन्। बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले काङ्ग्रेस पार्टीभित्र फरक धारणा राख्न, आलोचना गर्न र प्रश्न उठाउन सकिने संस्कृति रहेको बताए।

“कांग्रेस विचार र मूल्यको पार्टी हो, यो कसैको ‘बा’को पार्टी होइन,” थापाले भने, “यहाँ कोही भीम रावल बन्दैनन्, किनभने हाम्रो पार्टीले आलोचना र बहसलाई स्वागत गर्छ।”

advertisement

थापाले पछिल्लो समय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै परिवर्तन अपरिहार्य भएको धारणा राखे। पार्टीले गरेका सकारात्मक कामहरूको प्रचार आफ्नै प्रयासमा गर्नुपर्ने उल्लेख गर्दै उनले आफूहरू त्यसतर्फ लागिरहेको जानकारी दिए।

नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै थापाले कांग्रेसमा नेतृत्वप्रति प्रश्न गर्न नपाइनेजस्तो संस्कार नरहेको बताए। “प्रश्न गर्नुपर्ने हो, गर्न सकिन्छ, गरिनुपर्छ पनि। लोकतन्त्र भनेको यही हो,” उनले प्रस्ट पारे।

 

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com