काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पर्फर्मेन्स शून्य अवस्थामा रहेको बताएका छन् ।

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले सरकारको गियर परिवर्तन गर्नु त परको कुरा गाडी स्टार्ट नै गर्न नसकेको बताएका हुन् । सरकारले काम गर्न नसकेकै कारण अहिले सबै जनता सडकमा आउने परिस्थिति बनिरहेको उनले बताए ।

advertisement

‘सरकारको पर्फर्मेन्स चाहीँ भएन । गाडी स्टार्ट नै नभएको जस्तो भयो । गियर लगाएर चलाउने कुरा छोड्नुस्, कमसेकम स्टार्ट त गर्नुपर्यो । जनतामा यत्रो निराशा छ । कसैको केही पर्फर्मेन्स छैन । जनता सबै सडकमा आउने अवस्था छ । कमसेकम सरकार छ भन्ने अनुभूति दिन सक्नुपर्थ्यो । त्यो नदिएकोमा जनतामा आक्रोश छ,’– उनले भने ।

नेता खतिवडाले ९ महिनाको अवधिमा प्रधानमन्त्रीलगायत कुनै पनि मन्त्रीले काम गर्न नसकेको बताए । महँगी बढ्दा उद्योगमन्त्री चुपचाप बसेको, पर्यटन व्यवसाय पनि चौपट भइरहेको अवस्थामा प्रधानमन्त्री र अन्य मन्त्रीहरु भने आनन्दले मीठो बोलेर हिँडेको उनले बताए । बोलेरमात्रै परिवर्तन नहुने बताउँदै उनले काम गरेर देखाउन आग्रह गरे । अहिले सरकार गिरिहाल्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

  • रिपोटर्स नेपाल

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com