काठमाडौँ । पारिवारिक लफडा सार्वजनिक गरेर विवादित बनेका र्यापर सुदीप भण्डारी जी–बब पत्रकार सम्मेलनमा जंगिएका छन् । उनले आफूले आमाबाबुबाट छुट्टै बस्न चाहेको तर स्वीकृति नपाउँदा जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको बताए।
आज पत्रकार सम्मेलनमा उनले भने- ‘मैले त स्वतन्त्रता खोजिरहेको हो । म मेरो फ्रिडमको लागि यति ८०–९० जना मिडियाका मान्छे होइन चाहेँ भने ३ सय–४ सय जना मिडिया जति जनाको अगाडि पनि बोल्न सक्छु । मलाई मेरो स्वतन्त्रता चाहियो । मैले मेरो आमालाई मुद्दा हाल्यो भन्ने शब्दले कुरा बिग्रेको हो क्या । मैले कपीमा लेखेर निवेदन दिएको हो ।’
प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया