विराटनगर — धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ सामुदायिक वन क्षेत्रभित्र अनुमति नलिई रुख काटेको आरोपमा डिभिजन वन कार्यालय सुनसरीले छानबिन प्रक्रिया थालेको छ।

साम्पाङले ‘फायर लेन’ निर्माण गर्ने उद्देश्यले धरान–२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रको जङ्गलमा मेसिनको प्रयोग गरेर रुख काटेका थिए। यस घटनाको जानकारी प्राप्त भएपछि डिभिजन वन कार्यालय, सुनसरीले औपचारिक रूपमा छानबिन प्रारम्भ गरेको हो।

advertisement

चैत १९ गतेका दिन नगर प्रमुख साम्पाङले व्यक्तिगत रूपमा मेसिन प्रयोग गरी वन क्षेत्रमा रुख ढालिएको भन्ने उजुरी कार्यालयमा दर्ता भएको थियो। सोही उजुरीका आधारमा डिभिजन वन कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

छानबिन समितिको संयोजक बिष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन्। समितिमा पञ्चकन्या सबडिभिजनका वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्यका रूपमा समावेश छन्। डिभिजन वन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँका अनुसार, छानबिन समिति छिट्टै प्रतिवेदनसहित निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com